News Griha :: न्यूजगृह
सेनाको लिगल सेमिनार सम्पन्न
तस्बिर : सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय

काठमाडौं— नेपाली सेनाको सेना प्राडविवाक स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा गत भदौ ३१ गतेदेखि जङ्गीअड्डामा आयोजित लिगल सेमिनार–२०८० को मंगलबार  प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका छन् ।

नेपाली सेनामा कार्यरत कानुन अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको सेमिनारको बलाध्यक्ष रथी सीताराम खड्काले शुभारम्भ गरेका थिए ।

leagal seminar sena1695135211.JPG

तीन दिवसीय सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्वन्यायाधीश, सेना प्राडविवाकका पूर्व प्रमुखलगायतका विषय विज्ञहरुबाट सम्बद्ध विषयमा प्रस्तुतीकरण भएको थियो ।

समापन समारोहमा प्रधानसेनापति शर्माले कानुन अधिकृतहरूले आफूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही सम्पादन गर्न निर्देशन दिए । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २०:३५
Weather Update