सुनको सिक्री लुटेको आरोपमा २ भारतीयसहित ४ पक्राउ

काठमाडौं— काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनको सिक्री लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
कार्यालयले काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगन्ज घर भएका र हाल क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी, भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वेलाई पक्राउ गरेको हो ।
भदौ २५ गते गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले काठमाडौंको कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेटसहितको सिक्री लुटेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १५:२४