News Griha :: न्यूजगृह
सिमकार्ड डुप्लिकेसन गरी ६ लाख बढी ठगी गर्ने पक्राउ, सिमकार्ड डुप्लिकेसन के हो ?

काठमाडौं— सिमकार्ड डुप्लिकेसन गरी ६ लाख दुई हजार ५४८ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गर्ने गरेका थिए ।

त्यसपछि मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटमा पटकपटक गरी छ लाख दुई हजार पाँच सय ४८ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०७:१२
Weather Update