News Griha :: न्यूजगृह
संविधान दिवसमा पदक वितरण नगरिने 

काठमाडौं— यसपटक संविधान दिवसमा पदक वितरण नगरिने भएको छ ।

सरकारले प्रत्येक वर्ष संविधान दिवसको दिन विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई वितरण गर्दै आएको पदक आगामी असोज ३ गते नगर्ने भएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले  पदक वितरण कार्य स्थगन गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवम् थप व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने समेत निर्णय गरेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १२:५३
Weather Update