कृषि टीभीका सञ्चालक तेजविक्रम थापाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं— कृषि टेलिभिजनका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । टेलिभिजनका सञ्चालक तेजविक्रम थापा मगर र सम्झना कर्णिकारविरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो ।
उनीहरूविरुद्ध शुक्रबार जिल्ला अदालत ललितपुरले बैङ्किङ असुरमा पक्राउ गर्न जिल्ला प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको हो ।
बैङ्किङ कसुर गरेको आरोपमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए ।
लामो समयदेखि साे टेलिभिजनका पत्रकारहरूले तलब नपाएको भन्दै सञ्चालकद्वयविरुद्ध प्रहरी कार्यालयमा जाहेरी परेको छ ।
थापा कृषि बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालकसमेत हुन् । उक्त सहकारी संस्थामा लामो समयदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकिरहेको छैन ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १५:५१