News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित एक पक्राउ

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ९६० ग्राम सुनसहित काभ्रे जिल्लाका एक जनालाई पक्राउ गरेको हो ।

सोमबार दुबईबाट आएको हिमालयन एअरको जहाजमा रहेका यात्रुबाट उक्त सुन बरामद भएको हो ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको परिसरले न्यूजगृहलाई जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:३३
Weather Update