पूर्वराष्ट्रपति भण्डारीसहितले दिए सुवास नेम्वाङलाई श्रद्धाञ्जली [तस्बिरहरू]
काठमाडौं— संविधान सभा अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा राखिएको छ । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न अहिले एमालेसहित विभिन्न दलका नेताकार्यकर्ताहरू उपस्थित छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले श्रद्धाञ्जली दिएकी छिन् । त्यसैगरी पूर्वप्रधामन्त्री डा.बाबुराम भट्टराई, प्रतिनिधि सभाका समाभुख देवराज घिमिरे, उससभामुख इन्दिरा राना मगर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले पनि नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।
हृदयघातका कारण मंगलबार बिहान नेम्वाङको मृत्यु भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।









प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १३:५९
साताको लोकप्रिय