साहित्यकार राजेन्द्र पराजुलीको मृत्यु

काठमाडौं— साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निमोनियका कारण मंगलबार मृत्यु भएको छ ।
उनलाई गएराति छातिमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो । सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
पराजुलीको मृत्युपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्कंदै छन् । उनको मंगलबार दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका ‘जन्तरमन्तर’ ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा माक्र्स्’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’लगायतका कृति प्रकाशित छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १२:१६