News Griha :: न्यूजगृह
अमरगढी नगरपालिकाका वडा सचिव मृत फेला

डडेल्धुरा— डडेल्धुरामा एक वडा सचिव मृत अवस्थामा भेटिएका छन् । अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् ।

५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका–२ हो । अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन् ।

पन्तको से५प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकको भनाइ छ ।

पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पन्त यस अगाडि अमरगढी –१० का सचिव थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:२२
Weather Update