News Griha :: न्यूजगृह
भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु 

सल्यान— सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ ।

त्यसको छर्रा लागेर तीन जना घाइते भएका छन् । आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका–७ स्वायनवासकी ९ वर्षीया पूजा घर्तीको मृत्यु भएको हो ।

३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् ।

घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०६:४२
Weather Update