News Griha :: न्यूजगृह
सदियौँदेखि कायम एकता भाँड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली

भक्तपुर— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाडपर्व मनाएको देख्न नसक्ने तत्वबाट राष्ट्रिय एकता खतरामा परेको बताएका छन् ।

शनिबार अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातजाति, भाषाभाषी, धर्म, संस्कृति, पर्व, चाडपर्वका नाममा सदियौँदेखि कायम रहँदै आएको एकतालाई भाँड्ने तत्व सक्रिय रहेको बताएका हुन् ।

‘यस्ता चाडपर्व मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्ने सल बलाएका छन्,’ एमाले अध्यक्ष ओलीले भने ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २०:३६
Weather Update