News Griha :: न्यूजगृह
गृहमन्त्री श्रेष्ठ भन्छन्— भ्रष्टाचार गर्नेलाई सरकारले छोड्दैन

काठमाडौं— उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका छन् ।

‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मूल नारासहित शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री श्रेष्ठले सो कुरा बताएका छन् ।

उनले भने,‘समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज, निर्माणको अभियानमा सरकार छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेविरुद्धको कारबाही प्रक्रियाबाट सरकार पछि नहट्ने बताए । उनले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमूल्य योगदान रहेको बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १७:५९
Weather Update