News Griha :: न्यूजगृह

जी-२० सम्मेलन भारतको दिल्लीमा शुरु भएको छ । जी-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधि नयाँ दिल्ली पुगेका छन् । जी-२० सम्मेलन शनिबार र आइतबार २ दिनसम्म चल्नेछ । शनिबार आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरू एउटै मञ्चमा छन् ।

२० देशका प्रमुखहरू एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जी-२० मा १९ देश र एउटा युरोपियन संघ आवद्ध छन् । अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, संयुक्त राज्य अमेरिका छन् । 

तस्बिर : एपी र एएफपी

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १३:४२
Weather Update