News Griha :: न्यूजगृह
बाँके बस दुर्घटना अपडेट : ६ जनाको सनाखत

काठमाडौं— बाँकेको शमशेरगन्जमा शुक्रबार राति भएको बस दुर्घटना मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा एउटै वडाका ५ सहित ७ जनाको मृत्यु भएको छ ।

दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बसले सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय काशिराम थारू, सोही वडाकै ५५ वर्षीया कस्तुरी थापा, सोही ठाउँकै ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीया साधुराम थारू रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुगबहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय युवक मृत्यु भएको इकालका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक बाटोमा बिग्रिएर राखिएको अवस्थामा तीव्र गतिको बस सोही ट्रकमा ठोक्किएर दुर्घटना भएको थियाे । बसमा ४१ जना सवार थिए ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०७:०२
Weather Update