News Griha :: न्यूजगृह
नक्कली फेसबुक खोलेर नाबालिगमाथि सामूहिक बलात्कार गर्ने पक्राउ

काठमाडौं— नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षीय आशिष भन्ने निमा तामाङ र काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भई हाल टोखा–६ धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । 

पक्राउ परेका निमा तामाङले नक्कली फेसबुक आइडी खोलेर पीडितलाई साथी बनाएर भेटघाट गरेको प्रहरीले जानकारी दिएको छ । गत ६ फागुनमा तामाङ र श्रेष्ठले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

आरोपी दुवै जनालाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १७:४७
Weather Update