News Griha :: न्यूजगृह
महेन्द्र यादवमाथि आक्रमणको विरोध गर्दै नेविसंघले निकाल्याे राँके जुलुस

काठमाडौं— नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमणको विरोधमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा राँके जुलुस निकालेको छ ।

रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका–७ घर भएका ४७ वर्षीय श्याम सापकोटाले सांघातिक आक्रमण गरेका थिए ।

नेविसंघले आक्रमणकारीलाई कडा कारबाही र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै राँके जुलुस निकालेको हो ।

नेविसंघका केन्द्रीय सदस्य अनुराग शाहले भने, ‘हाम्रो पार्टीका  सहमहामन्त्री महेन्द्र यादवलाई सांघातिक आक्रमण गरेको विरोधमा आरआर क्याम्पस अगाडि राँके जुलुस निकालेका छौं ।’

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १९:२४
Weather Update