News Griha :: न्यूजगृह
जसपाले गर्‍यो केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन

काठमाडौं— जनता समाजवादी पार्टी, नेपालले (जसपा) आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यको कार्यविभाजन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रशासनिक कार्य सञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई देवनारायण यादवलाई दिइएको छ ।

केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०६:०९
Weather Update