News Griha :: न्यूजगृह
भदौ २२ गते सार्वजनिक बिदा

काठमाडौं— बाग्मती प्रदेश सरकारले भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बिदा दिने निर्णय गरेको हाे ।

मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:१३
Weather Update