News Griha :: न्यूजगृह
अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, ४ गम्भीर घाइते

अर्घाखाँची— अर्घाखाँची मालारानीको गोखुङ्गामा सोमबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् ।

मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा दिउँसो ३ बजे चट्याङबाट स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो ।

उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन ४ जनाकाे अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २०:४२
Weather Update