News Griha :: न्यूजगृह
ट्वीटरको लोगो कुकुर

काठमाडौं— माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरको लोगो परिवर्तन भएको छ । होम पेजमा नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ ।

ट्विटरका मालिक एलन मस्कले ट्विटरको लोगोबाट नीलो चरोलाई हटाएर कुकुरलाई राखेको न्युयोर्क टाइम्सले जनाएको छ ।

मस्कले आफ्नो ट्विटर ह्याण्डलमा एक तस्बिर (कार्टुन) राखेर यसबारे जानकारी पनि गराएका हुन् । चराको लोगो पुरानो भएकाले नयाँ लोगो प्रयोग गरिएको त्यो कार्टुनमा बताइएको छ ।

गत अक्टोबरमा ट्विटर खरिद गरेका अमेरिकी अर्बपति मस्कले ट्विटरमा विभिन्न परिवर्तन गर्दै आएका छन् ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०९:०५
Weather Update