News Griha :: न्यूजगृह
ट्विटरले अप्रिल १ बाट निलो टिक हटाउने

काठमाडौं— माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरमा गोल्डेन टिक (भेरिफाइड चेक मार्क) का लागि कम्पनीहरूले प्रत्येक महिना एक हजार डलर तिर्नुपर्ने भएको छ ।

यति मात्र होइन, अब कम्पनीहरूले आफ्नो ट्विटर अकाउन्टसँग जोडिएका अन्य खाताका लागि प्रतिमहिना ५० डलर अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

ट्वीटरले पनि अप्रिल १ बाट आफ्नो लिगेसी प्रमाणीकरण कार्यक्रमलाई ‘फेज आउट’ गर्न थाल्ने बताएको छ । यसअन्तर्गत कम्पनीले प्रयोगकर्ताको खाताबाट ब्लू टिक हटाउन सुरु गर्नेछ ।

यसको असर सिधै प्रयोगकर्तामा पर्नेछ । निःशुल्क ब्लू टिक प्रयोग गर्ने प्रयोगकर्ताले पैसा तिरेर ट्विटर ब्लूको सेवा लिए पनि निलो टिक कायम रहनेछ तर कानुनी रूपमा प्रमाणित भएको ट्याग हटाइनेछ ।

ट्विटरले राजस्व वृद्धि गर्न केही दिनअघि प्रमाणीकरण कार्यक्रम घोषणा गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले प्रमाणित संस्थासँग आबद्ध जो कोहीको खाता स्वतः प्रमाणित हुने पुष्टि गरेका थिए ।

twitter1679970308.JPG

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०८:०५
Weather Update