कर्मचारीको उमेर हदसम्बन्धी यस्तो प्रस्ताव

काठमाडौं— संघीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागु हुने भएको छ ।
निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा प्रस्ताव गरिएको छ ।
यस अगाडिको मस्यौदामा ऐन जारी भएको मितिदेखि अवकाश उमेर चरणबद्ध रूपमा ६० वर्ष बनाउने प्रस्ताव गरिएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक मस्यौदा तयार गर्ने क्रममा अनिवार्य अवकाश उमेर हदलाई ६० वर्ष बनाउने गरी प्रस्ताव गरिएको खबर गोरखापत्र दैनिकमा छ ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० ०९:३५