विकासका लागि प्राकृतिक र सांस्कृतिक क्षेत्रको प्रर्वद्धन आवश्यक : सभामुख घिमिरे

काठमाडौं— सभामुख देवराज घिमिरेले पर्यटन विकासका लागि प्राकृतिक र सांस्कृतिक क्षेत्रको प्रर्वद्धनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकाको पर्यटन प्रर्वद्धन शुभारम्भ कार्यक्रममा उनले राष्ट्रलाई आकर्षक र समृद्ध बनाउन मुलुकका ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसार र संरक्षण आवश्यक भएको बताए ।
नेपाल सुन्दर मुलुक भए पनि त्यसको अध्ययन र विश्लेषण सही ढंगबाट नभएको भन्दै उनले त्यसलाई व्यवस्थित गर्ने हो भने राष्ट्र निमार्णमा सहयोग पुग्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० २०:०३