News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : प्रधानमन्त्रीले भने— माधव नेपाल निर्दोष साबित, प्रश्न गर्ने ठाउँ छैन

पोखरा— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल निर्दोष साबित भएको दाबी गरेका छन् ।

४ दल सम्मिलित समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब माधव नेपालमाथि प्रश्न गर्ने ठाउँ नभएको दाबी गरेका हुन् ।

सभामा उनले भने, ‘माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरू के हो कसो हो भनिराखे । पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएको प्रधानमन्त्री दाहालको दाबी छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोर्चामा छन् । मोर्चाले ७ वटै प्रदेशमा सन्देश सभा गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:२२
Weather Update