बाग्मती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

मकवानपुर— बाग्मती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।
काठमाडौं उपत्यकासहित ३ जिल्लामा शतप्रतिशत रोपाइँ किसानले सम्पन्न गरेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १५:२८