News Griha :: न्यूजगृह
भक्तपुर-रत्नपार्क चल्ने एक बसमा आगलागी
फाइल तस्बिर

काठमाडौं— बिहीबार बिहान मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटो चोक नजिक एक बसमा आगलागी भएको छ ।

सडक छेउमा पार्किङ गरी राखेको बा ४ ख ६६६९ नम्बरको बसमा आगलागी भएको हो । कमलविनायकबाट रत्नपार्क जाने क्रममा भाडाको उक्त बसमा आगलागी भएको हो ।

प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १०:३०
Weather Update