आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते

नवलपरासी— नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् ।
बुधबार दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।
आफ्नै शरीरमा आगो लगाउनुकाे कारण श्रीमानसँग सामान्य झै–झगडा भएकाे बताइएकाे छ ।
उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ । घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० २१:२२