सुन तस्करी प्रकरण : दावाका मुख्य सहयोगी पक्राउ

काठमाडौं— ६० किलो सुन प्रकरणमा संलग्न दावा छिरिङका मुख्य सहयोगी भनिएका किशोर बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्राउ गरेको छ ।
उनलाई बुधबार काठमाडौं ल्याइएको सीआईबीका एक अधिकृतले जानकारी दिए ।
सीआईबीका अनुसार सिन्धुपाल्चोकका स्थायी बसिन्दा बस्नेतले दावाले भनेअनुसार सामान खरिद गरेर सुन लुकाएर तस्करीमा सहयोग गर्ने गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १८:४९