पाल्पामा गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ को मृत्यु

काठमाडौं— पाल्पाको रिब्दीकोटमा गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले न्यूजगृहलाई दिएको जानकारी अनुसार जीपमा सवार ११ मध्ये ७ जना घाइते भएका छन् । थापाले घटनास्थलमै ३ जनाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार जीप चालक सकुशल रहेका छन् । मृत्यु हुनेमा एक पुरुष र २ महिला छन् ।
गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जीपमाथि पहिरोसँगै ढुंगा खसेको थियो ।
उनको भनाइमा घाइतेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० ०९:५६