सुन तस्करी प्रकरण : प्रहरीले पठायो एसएसपी आचार्यलाई हङकङ

काठमाडौं— नेपाल प्रहरीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ ।
प्रहरीले सुन तस्करीबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसएसपी आचार्यलाई हङकङ पठाएको हो ।
उनले त्यहाँ रहँदा हङकङ प्रहरीको पनि सुन तस्करी विषयमा सहयोग लिनेछन् ।
सीआईबीले यसअघि नै सुन तस्करी अनुसन्धानमा सहयोगका लागि इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंमार्फत एनसीबी बेइजिङलाई पत्राचार गरेको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० ०९:२३