News Griha :: न्यूजगृह
संसदीय समिति सभापतिसँग परार्मश गर्दै सभामुख घिमिरे

काठमाडौं— सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतका नवनिर्वाचित संसदीय समितिका सभापतिको बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले बुधबार बिहान ११ बजे संसद् सचिवालय सिंहदरबारमा कानुन समितिको हलमा नवनिर्वाचित सभापतिसँग छलफल कार्यक्रम राखेका हुन् ।

समितिको काम कारबाहीसहित विषयमा छलफल हुने जनाउँदै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने,‘समितिका सभापति निर्वाचित भएपछि सभामुखले उहाँहरूसँग छलफल गर्न खोज्नु भएको हो ।’

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:०५
Weather Update