News Griha :: न्यूजगृह
फेसबुकमा अश्लिल तस्बिर र भिडिओ राख्ने युवक पक्राउ

काठमाडौं— नेपाल प्रहरीले नक्कली फेसबुक आईडी बनाएर अश्लिल तस्बिर र भिडिओ राखेर चरित्रहत्या गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–१४ बस्ने २५ वर्षका सुसन चौगुठी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा केटी साथीहरूलाई रिक्वेस्ट पठाई साथी बनाउने र प्रेमजालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल तस्बिर र भिडिओहरूको दुरुपयोग गरेको प्रहरीले बताएकाे छ ।

नक्कली आईडीमार्फत उक्त तस्बिर तथा भिडिओ पीडितको आफन्तलाई समेत पठाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चौगुठीलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान एवम् कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्युरोलाई पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:३६
Weather Update