नेपालमा साइबर अपराध बढ्यो : एसएसपी राठौर

काठमाडौं— नेपाल प्रहरीले नेपालमा सामाजिक सञ्जालबाट साइबर अपराध बढ्दै गएको बताएको छ ।
नेपाल प्रहरीका एसएसपी सोमेन्द्रसिंह राठौरले उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको जिम्मेवारी सम्हालेपछि मंगलबार सञ्चारकर्मीसँग भेटघाट गर्दै नेपालमा पछिल्लो समय साइबर अपराधका घटना बढ्दै गएको बताएका हुन् ।
नेपालमा पहिले फौजदारी र संगठित अपराध धेरै हुने गरेकोमा अहिले साइबर अपराधका घटना बढेको उनले बताए ।
उनले भने, ‘पहिले फाइनान्सिअल क्राइम धेरै हुने गरेको थियो भने अहिले विस्तारै त्यो सिफ्ट भएर साइबरमा प्रयोग हुन थालेको छ ।’
उनले सरकारले दिएको अपराध नियन्त्रणको जिम्मेवारीमा खरो उत्रिने प्रतिबद्धता पनि जनाए ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १८:३५