News Griha :: न्यूजगृह
सहजकर्ताको जागिर खुल्यो

काठमाडौं— बाग्मती प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले करारमा कर्मचारी माग गरेको छ ।

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले मंगलबारदेखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् ।

जागिर २०८१ असार मसान्तासम्मका लागि हुने पनि सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०८:१५
Weather Update