News Griha :: न्यूजगृह
गौहत्याको विरोधमा राप्रपाले सरकारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं— राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

गौहत्याको विरोध,दोषीलाई कारबाही एवम् विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

देशैभर दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइने प्रवक्ता श्रेष्ठले जनाए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०७:२२
Weather Update