News Griha :: न्यूजगृह
बडिमालिकाको तीर्थयात्रा सुरु

कालीकोट— धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडिमालिकाको तीर्थयात्रा सुरु भएको छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धामको मेला भर्न तीर्थालुले यात्रा सुरु गरेका हुन् ।

हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडिमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदाइ गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

‘बडिमालिका तीर्थयात्राका लागि केही दिनअघि पुजारीसहितको टोलीलाई बिदाइ गरिएको छ’, उनले भने,‘बडिमालिकामा रहेका २२ पाटन, त्रिवेणी र खेतीपातीलगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडिमालिकामा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिइन्छ ।’

चतुर्दशीका दिन मुख्य पूजा हुन्छ हुने बडिमालिकामा २ जना पुजारीले पूजा गर्ने गरेको प्रमुख जिल्ला अधिकारी माझीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०६:५९
Weather Update