News Griha :: न्यूजगृह
सुनसरीबाट कटुवा पेस्तोलसहित युवक पक्राउ

सुनसरी— सुनसरीको बर्जु गाउँपालिका–६ बाट कटुवा पेस्तोलसहित प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ ।

बर्जु–६ स्थित बेलहा टोलमा बस्दै आएका १८ वर्षीय युवकलाई कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोली एक राउण्डसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

ती युवकले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले गएराति उनको कोठाबाट पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ । 

तत्काल फरार युवकको खोजी गर्ने क्रममा बर्जु–५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०६:३६
Weather Update