काठमाडौंको छाउनीबाट बैंकिङ कसुरमा एक पक्राउ

काठमाडौं— बैंकिङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौंको तारकेश्वर–१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेकाेमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
काठमाडौंको छाउनीबाट पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० ०६:१०