News Griha :: न्यूजगृह
मन्त्री र सचिवहरू मुद्दा मामिलाको डरले निर्णय गर्न डराउनुभयो : प्रधानमन्त्री दाहाल  

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवमा मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको बताएका छन् ।

सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारका मन्त्री, सचिव र कर्मचारीहरूमा निणर्य गर्न नै डराउने अवस्था आएको बताएका हुन् ।

उनले भने,‘हाम्रा कर्मचारीहरू, सचिवहरू, मन्त्रीहरूमा अब निर्णय गर्नुभन्दा निर्णय नगर्नु जाति भन्ने मानसिकता आउने हो कि भन्ने  खतरा पैदा भएको छ । सचिवज्यूहरू निर्णय ग¥यो भने अदालतमा जानुपर्ने, मुद्दा मामिलामा जानुपर्ने भनेर आतंकित बन्नुभएको छ । मुद्दा, मामिलामा फसिन्छ भनेर व्यवसायी आतंकित हुने खतरा छ । यी सबै खालको जो अप्ठ्यरो छ । यो अपठ्यरोबाट सजिलै पार चाहीँ भइँदैन । हामीले अलिकति बोल्ड डिसिजन त लिनैपर्छ ।’

प्रधानमन्त्री दाहालले देशको परम्परागत ऐन, कानुन र परम्पराले  विकास हुन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:५२
Weather Update