ईश्वर पोखरेललाई थुन्दा ट्यांकीभरि पैसा लुकायो भनियो, कहाँ गयो त्यो पैसा ? : केपी ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता ईश्वर पोखरेलले पानी ट्यांकीभरि पैसा लुकाएको भनेर भ्रम छरेको बताएका छन् ।
काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बदनाम गर्न नेता पोखरेलमाथि पैसा लुकाएको आरोप लगाएको बताएका हुन् ।
‘हाम्रो पार्टीले कहीँ पनि कुनै कमीकमजोरी गरेको थिएन । बदनाम गर्न त ज्ञानेन्द्र शाहले प्रतिगमन गरेको, ईश्वर पोखरेललाई थुन्दा पानीट्यांकीभरि पैसा लुकायो भनियो, कहाँ गयो त त्यो पैसा ?,’अध्यक्ष ओलीले प्रश्न गरे,‘ज्ञानेन्द्रले लग्यो कि कसले लग्यो ? ईश्वर पोखरेललाई त थुनेको थियो, ट्यांकीको पैसा हाजिर गर न त अब । फिर्ता गर ट्यांकीको पैसा कति थियो ? ईश्वर पोखरेललाई थुन्दा ट्यांकीमा पैसा थियो भने त्यो पैसा कहाँ गयो ?’
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १८:१५