
काठमाडौं— पूर्व गोरखा सैनिक हरि बुढा मगरले पर्यटन प्रवर्द्धनका लागि सरकारसँग जोडिन पाए धेरै भन्दा धेरै विदेशी पर्यटकहरूलाई नेपाल भित्र्याउने बताएका छन् ।
उनले आफूसँग धेरै विदेशीहरू जोडिएकाले उनीहरूलाई नेपालमा ल्याउनका लागि सरकारसँग जोडिन सके सहज हुने बताएका हुन् । शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति रहेका बुढामगर बुधवार काठमाडौंबाट सगरमाथा आरोहणका लागि सगरमाथा क्याम्पतिर प्रस्थान गर्नेछन् ।
उनले सगरमाथा आरोहण आफैँमा चुनौतीको विषय भएको बताउँदै आफूले सफल आरोहण गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो परिचय नेपालमा भन्दा पनि बाहिर धेरै रहेको बताए । उनले सरकारसँग जोडिएर काम गर्न सके पर्यटकहरूको वृद्धि गर्न आफूले सकारात्मक भूमिका खेल्ने बताए ।
उनले सरकारले आफ्नो क्याम्पेनसँग सरकारले हातेमालो गरे नेपालमा विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने बताए । उनले सगरमाथा आरोहणका क्रममा सरकारसँग अन्य कुनै अपेक्षा नरहेको तर आफूलाई कुनै व्यवधान सिर्जना नगरिदिन सरकारसँग आग्रह गरे ।
पूर्व गोरखा सैनिक बुढामगरका दुवै खुट्टा छैनन् । उहाँ कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ’स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुन् ।
उनले आफ्नो काममा अहिले १६ जना नेपालीहरूलाई रोजगारीको अवसर दिएकोमा गर्व लागेको बताए । ‘नेपाल सरकारसँग मेरो धेरै अपेक्षा छैन । सकेसम्म म आफैँ कसरी गर्नुपर्छ भन्ने कुरा हो । त्यसमा नेपाल सरकारले भयो भने विशेष गरी पर्यटन प्रवर्द्धनमा मेरो क्याम्पेनसँग जोडिएर धेरै पर्यटन ल्याउन सहयोग गरे हुन्थ्यो । नेपालको ठूलो जिडिपीको भाग ओगटेको कारणले मेरो विचारमा मेरो अनुभवसँग जोडिएर काम गर्न पाए हुन्थ्यो । नेपालमा भन्दा अन्य मुलुकमा मेरो धेरै प्रचारप्रसार भएको छ', उनले भने, 'त्यसलाई हेरे मेरो विचारमा बढी पर्यटन भित्र्याउन सकिन्छ । अहिले मसँग १६ जना भन्दा धेरै नेपाली दाजुभाइहरूले काम गरिरहनुभएको छ । प्रत्यक्ष रूपमा । त्यसमा एउटा अवसर दिन सकेकोमा मलाई गर्व लाग्छ । विदेशबाट पैसा उठाएर नेपालमा ल्याउन सकेकोमा मलाई गर्व छ । नेपाल सरकारबाट आशा छ सहयोग गर्न सके/नसके पनि बाधा अड्चन नबनाइदिए म आभारी हुने थिएँ ।'
सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । बुढामगरले मोन्ट ब्लाङ्क ९४,८१० मिटर, चुलु सुदूरपूर्व ९६,०५९ मिटर, किलिमन्जारो ९५,८९५ मिटर र मेरा पिक ९६,४७६ मिटर आरोहण गरेका छन् ।
उनले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बताए ।
रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा जन्मिएका बुढामगर यसअघि पनि सगरमाथाको आधार शिविरसम्म पुगिसकेका छन् ।