
भदौ ११ सोमबार । साउन शुक्ल द्वादशी । पञ्चाङ्ग आयुष्मान बव उत्तरषाढा । सोम प्रदोष व्रत । राशिफल ।
मेष
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ । रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन ।
वृष
पढाइ लेखाइमा प्रगति हुनेछ । वुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ ।
मिथुन
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना सफल होलान। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ ।
कर्कट
व्यापार व्यवसायमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धी पराजित हुनेछन् । सोचेभन्दा आम्दानी बढ्नेछ । सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
सिंह
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ ।
कन्या
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । मनग्य धन आर्जन हुनेछ । साथीभाईसँग रमाइलो भेटघाट हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
तुला
पतिपत्नीबीच सम्बन्धमा सुधार आउनेछ । व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ ।
वृश्चिक
ठूला व्यक्तिको विशेष सहयोग जुट्नेछ । परिवारबीच आत्मीय भाव बढ्नेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रसस्त लाभ मिल्नेछ ।
धनु
पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । कामबाट प्रतिष्ठा मिल्नेछ। काम गर्ने मनोबल र उत्साह बढ्नेछ ।
मकर
सोच्ने शक्ति बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यापारबाट राम्रै फाइदाको योग छ ।
कुम्भ
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ ।
मीन
नयाँ कामको प्रस्ताव आउनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् ।