ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु भ्रष्टाचार : गुरुङ

काठमाडौं— शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजना ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताएकी छिन् ।
आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन् ।
उनले समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने भन्दै समय खेर जानु सुशासनको निम्ति भ्रष्टाचार भएको बताइन् ।
उनले मुलुकमा शून्य सहनशीलता र सुशासन राख्नको लागि समय खेर फाल्न नहुने बताइन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १९:५९