करेन्ट लागेर एक जनाको मृत्यु

बैतडी— करेन्ट लागेर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका लेखकको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १६:१९