News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको मुद्दामा फैसला हुन सकेन

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । आइतबार न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

पेशीको पाँचौ सूचीमा रहेको मुद्दालाई समय अभाव भएकाले न्यायाधीश पण्डितले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि उनीविरुद्ध मुद्दाको फैसला सर्दै आएको थियो ।

सन्दीपले एसिया कपअगाडि मुद्दाको फैसला होस भन्ने चाहेका थिए । मुद्दाको सुनुवाइ नभए उनी एसिया कप खेल्न पाउने छैनन् ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:०९
Weather Update