News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : चार पूर्व मन्त्रीविरुद्ध मुद्दा दायर, अहिलेसम्मकै धेरै बिगो दाबी

काठमाडौं— ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाइएको छ ।

‘अनुसन्धानले लामो समय लगाएर ठोस निर्णय लिएको छ, ललिता निवास जग्गा प्रकरणमा जो जो आबद्ध छ, जस जसले निर्णय गरेका थिए, ती निर्णयकर्ता जसले सरकारी जग्गालाई निजी जग्गा भनेर देखायो’ अधिवक्त कृति शर्माले भने, ‘यो जग्गा प्रकरणको विवादको विषयलाई लिएर आज अभियोजन पक्षले अभियोग पत्र दायर गरेको छ ।’

यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।

उनीहरूमाथि कीर्तेको अभियोग भने छैन । तर, कीर्ते कामबाट जोडिएको जग्गा जफत गर्ने प्रयोजनका लागि ५२ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरे पनि सरकारी वकिल कार्यालयले सरकरी कीर्तेमा मात्र मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:३२
Weather Update