News Griha :: न्यूजगृह
पहिरोले बिगुका चार घरमा क्षति
फाइल तस्बिर

दोलखा— जिल्लामा पहिरोले चार घरमा क्षति पुर्‍याएको छ । अविरल वर्षासँगै गए राति बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले घरमा क्षति पुर्‍याएको हो । 

पहिरो आउनुअघि घर छाडेर भागेकाले मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए । पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुगेको हो ।

पहिरोबाट पशुचौपाया र धान खेतीमा क्षति पुगेको उनको भनाइ थियो । इलाका प्रहरी कार्यालय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । 

सडक अवरुद्ध भएपछि गौरीशंकर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:२१
Weather Update