News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : ५२ जनाको जग्गा फिर्ता गर्न मुद्दा दर्ता
फाइल तस्बिर

काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा जग्गा फिर्ता गराउने प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

प्रतिवादी बनाइएकालाई जग्गा कीर्तेको अभियोग भने लगाइएको छैन । तर, कीर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । 

उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत जग्गा फिर्ताको मञ्जुरीनामा दिनेमाथि मुद्दा नचल्ने राय दिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:२२
Weather Update