News Griha :: न्यूजगृह
कागबेनीको बाढीमा एक अर्ब बराबरको क्षति, आफन्तको शरणमा स्थानीय
फाइल तस्बिर

बागलुङ— गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले करोडौँको भौतिक संरचनामा क्षति बनाएको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्न सकस भएको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्यांकअनुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षति पुर्‍याएको छ । भौतिक संरचना, स्थानीयको घर, व्यवसाय र विभिन्न संघसंस्थाको कार्यालयमा क्षति पुर्‍याएको थियो । बाढीले कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलो भत्काएको छ ।

badhi-mustang-kagabeni-flood41691983264.jpg

गाउँपालिकाको कृषि शाखाको तथ्यांकअनुसार कागबेनी कृषकको करोडौँ मूल्य बराबरको स्याउ, ओखरलगायतका फलफूल बोट क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी तीन कठ्ठा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए ।

बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा करिब ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिइन् ।

बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ क्षति गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्यांकमा उल्लेख छ ।

करिब पचास घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ । २२ वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक क्षति भएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:०५
Weather Update