News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि राष्ट्रिय सभा बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने सम्भावित कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरूको अध्ययन प्रतिवेदन २०८० पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्ने सिलसिलामा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्नेछन् ।

प्रतिनिधि सभाको बैठक भने मंगलबारका लागि मात्र बोलाइएको छ । प्रतिनिधि सभा अन्तर्गतका १० संसदीय समिति सभापतिका लागि सोमबार निर्वाचनको मिति तोकिएकाले बैठक मंगलबार मात्र बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:१६
Weather Update